११ जेष्ठ २०८३, सोमबार
कास्कीमा अर्का कोरोना संक्रमित फेला परेका छन् । भारतबाट फर्किएका कास्कीका एक व्यक्तिमा कोरानाको संक्रमण देखिएको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको हो । उनको थप परिक्षणको लागि नमुना काठमाडौं पठाउने तयारी भईरहेको सो अस्पताल सम्बद्ध सुत्रले जानकारी दिएको छ ।


तर, गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डाक्टर विनोद विन्दु शर्माले संक्रमणको पुष्टि गर्न मानेनन् । उनले कोरोना संक्रमणको पुष्टि भएको सार्वजनिक गर्न एकद्धार प्रणाली भएकोले अहिले नै भन्न नमिल्ने बताए ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या सात पुगेको छ ।