प्रधानमन्त्री ओली र ओमानका राजकुमारबीच टेलिफोन वार्ता

होमल्याण्ड खबर

२०७६ चैत्र २८ गते, शुक्रबार १०:५४ मा प्रकाशित

प्रधानमन्त्री ओली र ओमानका राजकुमारबीच टेलिफोन वार्ता

facebook sharing buttonShare
twitter sharing button
messenger sharing button
email sharing button
दैनिक नेपाल२०७६ चैत २८ गते १०:४२

काठमाडौं, २८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले ओमानका राजकुमार शैयद फहाद विन महमुद अल साइदसँग टेलिफोन वार्ता गरि त्यहाँ रहेका नेपालीको अवस्थाबारे जानकारी लिएका छन् ।

भाइरस (कोभिड–१९) महामारी विश्वभर फैलिरहेको बेला त्यहाँस्थित नेपाली नागरिकको सुरक्षाका बारेमा प्रधानमन्त्री ओलीले टेलिफोन गरी जानकारी लिनुभएको हो ।

“ठूलो सङ्ख्यामा नेपाली कार्यरत खाडी क्षेत्रका नेतासँग संवाद गर्ने क्रममा मेरो ओमान सरकारका हिज हाइनेससँग कुराकानी भयो । त्यहाँ कार्यरत नेपालीलाई ओमानको सुरक्षा र सहयोग रहिरहनेमा उहाँले मलाई निश्चिन्त पार्नुभएको छ” कुराकानीपश्चात् सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो ।