११ जेष्ठ २०८३, सोमबार
नेपालमा शुक्रबार एकैदिन १४ जनामा कोरोना भाइरस संक्रमणको पुस्टि भएको छ।
उदपयुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ।


स्वास्थ्य मन्त्रालयले उक्त कुराको पुस्टि गरेको छ। उदयपुरकाे एक मस्जिदमा भेटिएका १२ मध्ये अधिकांश भारतीय नागरिक रहेकाे बताइएकाे छ। यस्तै, चितवनका दुई जनाको कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पुनः परीक्षणमा पनि दुई जनाकै कोरोना पोजिटिभ देखिएको हो। यसअघि भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालाले ती दुई जनाको हिजो राती कोरोना पोजिटिभ भएको नतिजा दिएको थियो। त्यसपछि राती नै पुनः परीक्षणका लागि स्वाब काठमाडौं पठाइएको थियो।
पूर्वीचितवनको राप्ती नगरपालिकाका ती कोरोना संक्रमित आमा र छोरा अहिले भरतपुर अस्पतालको आइसोलसन कक्षमा उपचाररत छन्। र्यापिड टेस्टको क्रममा शंकास्पद देखिएपछि दुई जनासहित परिवारका अर्का एक व्यक्तिलाई भरतपुर ल्याइएको थियो।