यी हुन् विश्वमा सबैभन्दा बढी कोरोना भाइरस संक्रमित २० मुलुक (सूची सहित)

होमल्याण्ड खबर

२०७७ बैशाख ९ गते, मंगलवार ११:३८ मा प्रकाशित

कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या १ लाख ७० हजार ४५६ पुगेको छ। यसमध्ये सबैभन्दा बढी अमेरिकामा ४२ हजार ५१७ पुगेको छ ।

अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार कोरोना संक्रमितको संख्या पनि सबैभन्दा बढी अमेरिकामै छ। त्यहाँ ७ लाख ९२ हजार ९१३ संक्रमित छन्।

दोस्रो र तेस्रो नम्बरमा युरोपेली मुलुकहरु क्रमशः स्पेन र इटाली छन्। स्पेनमा २ लाख २१० र इटालीमा १ लाख ८१ हजार २२८ संक्रमित छन्।

सबैभन्दा बढी कोरोना भाइरस संक्रमित मुलुकको सूचीमा १७ औं नम्बरमा छिमेकी मुलुक भारत रहेको छ भने २० औं नम्बरमा अष्ट्रेलिया छ ।

कोरोना भाइरसबाट संक्रमितको संख्या विश्वभर २४ लाख ८२ हजार नाघेको छ। मंगलबार विहान समाचार तयारपार्दा सम्म विश्वमा सबैभन्दा धेरै संक्रमित २० मुलुकहरुको सूची यस्तो छ-