११ जेष्ठ २०८३, सोमबार
कोरोना आशंका गरिएका उदयपुरका ८ जनालाई कोरोना पोजेटिभ देखिएको छ । उदयपुरमा थप ८ जनालाई कोरोना भाइरसको संक्रमण पोजेटिभ भएको स्वास्थ्य मन्त्रालयका प्रवत्ता डा। विकास देबकोटाले पुष्टि गरेका छन ।
विराटनगरको कोशी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गरिएको थियो ।


अब यी ८ जना सहित गरेर नेपालमा कोरोना संक्रमितको संख्या ४० पुगेको छ भने ४ जना निको भएर घर फर्किसकेका छन् ।