थप २ जनामा कोरोना संक्रमण पुष्टि

होमल्याण्ड खबर

२०७७ बैशाख ११ गते, बिहीबार १७:०० मा प्रकाशित

नेपालमा थप २ जनामा कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएका हुन् ।

संक्रमित उदयपुरकी ५५ वर्षिया महिला र जनकपुरका १४ बर्षिय किशोर रहेका छन् । यो संगै आज सम्म नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ ।