भोजपुरका एक जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४८ पुग्यो

होमल्याण्ड खबर

२०७७ बैशाख ११ गते, बिहीबार २१:१४ मा प्रकाशित

भोजपुरका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले भोजपुरका २६ बर्षिय पुरुषमा कोरोना पुष्टि भएको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार संक्रमित  युवक गत फागुन ३० मा साउदीबाट आएका थिए । ती युवकमा र्‍यापिड टेस्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको पुनः परिक्षण गर्दा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।

यो सँगै नेपालमा संक्रमितको संख्या ४८ पुगेको छ।