११ जेष्ठ २०८३, सोमबार
एकै दिन थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले विरगन्जका एक पुरुष र नेपालगञ्जको ९ जना मा कोरोना संक्रमण पुष्टि भएको जनाएका हुन् ।
नेपालगञ्जमा कोरोना पुष्टि हुनेमा पाँच पुरुष र चार महिला छन्। यो संगै नेपालमा संक्रमितको संख्या ६९ पुगेको छ ।


मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट १३ हजार चार सय १४ र आरडीटी विधिबाट ५९ हजार ६ सय ८९ नमुना परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा एक हजार ८ सय ७९ जनाको नमुना परीक्षण भएको छ। अहिले २१ हजार ९ सय बढी क्वारेन्टाइनमा छन्।