थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८२ पुग्यो

होमल्याण्ड खबर

२०७७ बैशाख २३ गते, मंगलवार ०८:५३ मा प्रकाशित

थप ७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । मंगलबार नेपालगञ्जको भेरी अस्पताल भएको परिक्षणमा ७ जना नयाँ संक्रमित थपिएका हुन्।

स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार नयाँ संक्रमितहरु नेपालगञ्ज ८ का २२, ३० र ४० वर्षका पुरुष र ०९, ३२, ३४ र ५५ वर्षका महिला रहेका छन्।

संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र हाल उनीहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ।