थप १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९९ पुग्यो

होमल्याण्ड खबर

२०७७ बैशाख २४ गते, बुधबार १६:४८ मा प्रकाशित

थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले पर्साका १७ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

देवकोटाका अनुसार संक्रमित मध्ये १० जना पुरुष रहेका छन् भने ७ जना महिला रहेका छन् । उनले संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ ।

त्यस्तै निको भएर फर्किएका २२ जना मध्ये ३ जनालाई पुनः कोरोना पोजेटिभ देखिएको छ । पुनः कोरोना पोजेटिभ देखिनेमा काठमाडौंका एक जना र विरगञ्जका २ जना रहेको प्रवक्ता देवकोटाले जानकारी दिए ।