नेपालमा फेरि थपिए कोरोना संक्रमित, संख्या २०८ पुग्यो

होमल्याण्ड खबर

२०७७ बैशाख ३० गते, मंगलवार १८:५० मा प्रकाशित

नेपालमा आज एकै दिन अहिलेसम्मकै धेरै ७४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। पछिल्लो विवरण अनुसार थप १७ जनामा कोरोना पुस्टि भएको छ। राष्ट्रिय प्रयोगशालामा गरिएको परिक्षणमा मंगलबार १७ जनामा कोरोना पुस्टि भएको हो।

उनीहरु कुन ठाँउका हुन भन्नेबारे विवरण आउँन बाँकी रहेको र केही बेरमा पूर्ण विवरण आएपछि औपाचारिक रुपमा सार्वजनिक गरिने अधिकारीहरुले जनाएका छन्। यसअघि आजै दिउसो ५७ जनामा कोरोना पुस्टि भएको थियो। यो सँगै नेपालमा कोरोना संक्रमितको कुलसँख्या २०८ पुगेको छ।