११ जेष्ठ २०८३, सोमबार
थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार रौताहटको राजपुर नगरपालिका फरहदवा ९ का ७ जना पुरुष र रौताहटकै इसनाथ नगरपालिका वडा नं. ३, ५ का ३ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २९१ पुगेको छ । 

