कोरोना कहरः एकै दिन थपिए ५३ जना, संक्रमितको संख्या ३५७ पुग्यो

होमल्याण्ड खबर

२०७७ जेष्ठ ५ गते, सोमबार १६:५९ मा प्रकाशित

थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएका हुन् ।

उनका अनुसार नयाँ थपिएका बाँकेका ४६ जना पुरुष र एक जना महिला, मोरङंका १ जना पुरुष, गुल्मीका एक जना पुरुष, धनुषाका एक जना पुरुष, रौतहटका एक जना पुरुष, धादिङंका एक जना पुरुष र दाङका एक जना पुरुष रहेका छन् ।  संक्रमित १८ वर्ष देखि ४६ वर्षसम्मका रहेका छन् ।

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३५७ पुगेको छ ।