११ जेष्ठ २०८३, सोमबार
नेपालमा दैनिक (कोभिड-१९) कोरोना भाइरसका संक्रमित थपिँदै गएका छन् । शुक्रबारमात्रै कोरोेना संक्रमितको संख्या ५० जना थपिएको छ । योसँगै संक्रमितको कूल संख्या ५०७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारअहिलेसम्म उपचारपछि निको भएर ७० जना घर फर्केका छन् ।
सरकारले कोरोना परीक्षणको दायरा बढाएसँगै संक्रमितको संख्या पनि बढेका हुन् । शुक्रबारसम्म पीसीआर विधिबाट ४२ हजार ४ सय ८८ र आरडीटी विधिबाट ८२ हजार १ सय १६ जनाको नमुना परीक्षण भइसकेको जनाएको छ ।


नेपालमा कोरोना संक्रमण देखिएपछि सरकारले यसलाई रोकथाम, उपचार तथा नियन्त्रण गर्न देशभर लकडाउन घोषणा गरेको २ महिना पुरा भएको छ ।
लकडाउन गरेको २ महिना वितेपनि प्रयाप्त परीक्षण हुन नसकेको गुनासो बढ्दै आएको छ । त्यतिमात्रै होइन, संक्रमितको संख्या बढ्दै गएपछि स्थिति भयावह हुनसक्ने भन्दै सर्वसाधारणमा थप त्रास पैदा भएको छ ।