थप ३६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५८४ पुग्यो

होमल्याण्ड खबर

२०७७ जेष्ठ १० गते, शनिबार १८:२० मा प्रकाशित

थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएका हुन् ।

नयाँ थपिएका बैतडीका ४ जना पुरुष, झापाका १ जना पुरुष, बाँकेका २७ जना पुरुष, सुर्खेतका दुई जना महिला, १ जना पुरुष र बर्दियाका एक जना पुरुष रहेका छन् ।

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ५८४ पुगेको छ।