थप ३५ जनामा कोरोना संक्रमण

होमल्याण्ड खबर

२०७७ जेष्ठ १४ गते, बुधबार १३:२३ मा प्रकाशित

थप ३५ जनामा कोरोना संक्रमण देखिएको छ । रौतहटको गौर, देवाही गोनाही, इशनाथ, कटहरिया र गढिमाई नगरपालिकाका ३५ जनामा कोरोना संक्रमण देखिएको हो ।

जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार नयाँ थपिएका गौर नगरपालिकामा ८, ईशनाथ नगरपालिकामा १६, देवाहि गोनाही नगरपालिकामा २, कटहरिया नगरपालिकामा २ र गढिमाई नगरपालिकामा ७ जना रहेका छन् ।

उनीहरु सबैजना हालै भारतको विभिन्न सहरबाट रौतहट आएका थिए । योसंगै रौतहटमा मात्रै कोरोना संक्रमितको संख्या १०५ पुगेको छ भने ३ जना निको भएर घर फर्किसकेका छन् ।