एकैदिन थपिए १५६, कोरोना संक्रमितको संख्या १०४२

होमल्याण्ड खबर

२०७७ जेष्ठ १५ गते, बिहीबार १७:११ मा प्रकाशित

पछिल्लो २४ घण्टामा एक सय ५६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले  आज  थप  एकसय ५६ जना थपिएको जानकारी दिए । उनले आज थप एक सय ५६ जना थपिएससँगै नेपालमा कोरोना संक्रमितको संख्या  एक हजार ४२ पुगेको  बताए ।