१३ मंसिर २०८१, बिहीबार
काठमाडौं–तराई द्रुतमार्ग निर्माणका लागि अगामी वर्ष ८ अर्ब ९३ करोड बजेट विनियोजन भएको छ । आर्थिक वर्ष २०७७/७८ का बजेटमा अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाली सेनामार्फत ३ वर्षभित्र निर्माण सक्ने गरी ८ अर्ब ९३ करोड बजेट छुट्याएको बताए । द्रुतमार्गको कुल लम्बाई ७२.५ किलोमिटर रहेको छ ।
त्यस्तै, टोखा–नुवाकोट, सिद्धबाबालगायतमा नयाँ सुरुङमार्ग निर्माणका लागि ६ अर्ब ४२ करोड बजेट विनियोजना गरेको छ ।