११ जेष्ठ २०८३, सोमबार
नेपालमा कोरोना भाइरसबाट थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ। दैलेखमा क्वारेन्टाइनमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण देखिएको छ। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ।
शनिबार बिहान ज्यान गुमाएका ती ३५ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो। ती पुरुष १० दिनअगाडि भारतबाट आएर दुल्लुस्थित क्वारेन्टाइनमा बस्दै आएका थिए। गम्भीर बिरामी परेका उनलाई अस्पताल लगिएको थिएन।


भारतबाट नगरपालिकाले उद्धार गरि ल्याएका उनी नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बस्दै आएका थिए। तीन दिनअघि युवकको स्वाब परीक्षणको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइए पनि रिपोर्ट आज आएको हो।