थप २२६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रतिको संख्या १७९३ पुगे

होमल्याण्ड खबर

२०७७ जेष्ठ १९ गते, सोमबार १७:०५ मा प्रकाशित

Tansen_cement
ctz
hulas Remite

थप २२६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रतिको संख्या १७९३ पुगे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ जेठ २०७७
50Shares
facebook sharing button
twitter sharing button
linkedin sharing button
messenger sharing button
sharethis sharing button
Sunrise
थप २२६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रतिको संख्या १७९३ पुगे
LBEF

काठमाडौं । थप २२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २२६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि गरेका हुन् ।

नयाँ थपिएका संक्रमित २ सय १३ जना पुरुष र १३ जना महिला रहेका छन् । जसमा दैलेखका ४१ जना, कपिलवस्तुका ४० जना, सर्लाहीका ३८ जना, जुम्लाका १९ जना, रौटहतका १८ जना, कैलालीका १४ जना, सल्यानका १० जना, दाङका ९ जना, बाँकेका ७ जना, धनुषाका ७ जना, सुर्खेतका ५ जना सिरहाका ५ जना, नवलपरासी पूर्वका ३ जना, पाल्पा ३ जना, रुपन्देही २ जना, झापाका २ जना, महोत्तरीका २ जना, मकवानपुरका १ जना, उदयपुरका १ जना, अछामका १ जना, बैतडीका १ जना, डोटीका १ जना र कञ्चनपुरका १ जना रहेका छन् ।

योसंगै कोरोना संक्रतिको संख्या १७९३ पुगेको छ भने २२१ जना निको भएर घर फर्किसकेका छन् । यसको संक्रमणबाट अहिलेसम्म ८ जनाको मृत्यु भइसकेको छ ।