रुपन्देहीको भैंसीफर्ममा काम गर्ने ५ जनाको सामूहिक हत्या

होमल्याण्ड खबर

२०७७ जेष्ठ २७ गते, मंगलवार ०७:५२ मा प्रकाशित

रुपन्देहीको तिलोत्तमा–१० कान्छीबजारस्थिर भैंसीफर्ममा काम गर्ने ५ जनाको सामूहिक हत्या भएको छ।

कान्छीबजारको मैनहवा भन्ने स्थानमा रहेको भैंसीफर्ममा काम गर्ने ५ जनाको सामूहिक हत्या भएको तिलोत्तमा नगरपालिकाका वडाअध्यक्ष व्यासमुन थारुले पुष्टि गरे छ।

तिलोत्तमा–१० मैनहवामा रहेको गंगादेवी पशुफर्ममा काम गर्ने एक महिलासहित ५ जनाको हत्या भएको हो।

वडाअध्यक्ष थारुले भने, ‘गोठमा काम गर्ने ५ जनाको हत्या भएको छ। के कारणले हत्या भएको भन्ने खुलेको छैन्। प्रहरी र स्थानीय तहका प्रतिनिधि अहिले घटना स्थलमा रहेका छन्। हत्यामा संलग्न रहेको आशंकामा शंकास्पद १ जनालाई नियन्त्रणमा लिएका छौँ।’