सीमा क्षेत्रबाट उद्धार गरिएका नेपाली बोकेको टिपर कर्णालीमा खस्यो

होमल्याण्ड खबर

२०७७ जेष्ठ २८ गते, बुधबार ११:४३ मा प्रकाशित

सीमा क्षेत्रबाट उद्धार गरिएका नेपालीहरुलाई क्वारेन्टाइन लैजादै गरेको टिपर दुर्घटना भएको छ । कालिकोटको राजकोट नगरपालिकामा यात्रु बोकेको टिपर कर्णालीमा खसेको हो ।

टिपरले भारतबाट आएकाहरुलाई क्वारेन्टाइनमा लैजाँदै थियो । प्रहरीका अनुसार करिब ५० जना यात्रु बोकेको टिपर कर्णाली करिडोर अन्तर्गत लालिगा भीरबाट टिपर नदीमा खसेको हो ।

दुर्घटनाको बिस्तृत विवरण आइसकेको छैन्।