११ जेष्ठ २०८३, सोमबार
सरकारले अब व्यापार व्यवसायका पसलहरु खोल्न दिने निर्णय गरेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले सबै किसिमका पसलहरु सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
यस्तै बुधबार साँझ सम्पन्न भएको मन्त्रिपरिषद बैठकले निजी सवारीसाधन जोरबिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय पनि गरेको छ । यो निर्णय बिहिबारदेखि नै लागु हुने मन्त्रिपरिषद निकट स्रोतले जानकारी दिएको छ ।

