११ जेष्ठ २०८३, सोमबार
सर्लाहीमा सशस्त्र प्रहरी बलको पोष्टमा भारतीयले आक्रमण गरेका छन् । आज (शुक्रबार) बिहान नेपालतर्फ प्रवेश गर्न खोज्ने भारतीयलाई सशस्त्र प्रहरीले रोकेपछि उनीहरुले पोष्टमै आक्रमण गरेका हुन् ।
सशस्त्र प्रहरीले रोक्न खोज्दा भारतीय पक्षले आक्रमण गरेको र हतियार खोस्न आएपछि फायरिङ भएको सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी प्रवीण श्रेष्ठले जानकारी दिनुभयाे । सर्लाहीको संग्रामपुर बीओपीमा सुरक्षामा रहेका सशस्त्र प्रहरी बलमाथि आक्रमण भएको उहाँले बताउनु भयाे ।


सशस्त्र प्रहरी बलले १० राउण्ड हवाई फायर गर्दा ३ आक्रमणकारी घाइते भएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।