थप २७३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५३३५ पुग्यो

होमल्याण्ड खबर

२०७७ जेष्ठ ३१ गते, शनिबार १६:३० मा प्रकाशित

नेपालमा थप २७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबार नेपालको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २७३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ५३३५ पुगेको छ।