कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुग्यो

होमल्याण्ड खबर

२०७७ जेष्ठ ३१ गते, शनिबार १७:३५ मा प्रकाशित

नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको जनाएका हुन् ।

प्रवक्ता गौतमका अनुसार विरगञ्जका ५ वर्षीय बालक र २५ वर्षका पुरुषको कोरोनाबाट मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १८ पुगेको हो । त्यस्तै, संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ ।