थप ३३१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८६०५ पुग्यो

होमल्याण्ड खबर

२०७७ असार ६ गते, शनिबार १६:३९ मा प्रकाशित

थप ३३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ३३१ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका हुन् ।

योसंगै नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या ८६०५ पुगेको छ भने १ हजार ५ सय ७८ जना निको भएर घर फर्किएका छन् ।