११ जेष्ठ २०८३, सोमबार
आज (शुक्रबार) बिहान गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा संक्रमितको संख्या ७९२ पुगेको छ । प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परिक्षणमा तनहुँ स्याङ्जा बाग्लुङ र नवलपुर जिल्लाका २५ जनामा संक्रमण देखिएको हो।
तनहुँको व्यास नगरपालिकाका २ पुरुष, स्याङ्जाको कालीगण्डकीका १ पुरुष र बागलुङको बरेङ गाउँपालिकाका १ पुरुषमा कोरोना पुष्टि भएको छ । नवलपुरको गैंडाकोट नगरपालिकाका ७ पुरुष, कावासोती नगरपालिकाका १२ पुरुष र २ महिलामा कोरोना पुष्टि भएको छ ।संक्रमितहरुलाई सम्बन्धित जिल्लामा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ । गण्डकी प्रदेशमा बिहीबार साँझसम्म ९१ जना संक्रमित निको भएर घर फर्केका छन् भने २ जना संक्रमितको मृत्यु भएको छ ।

