११ जेष्ठ २०८३, सोमबार
गाेरखा : भारत हुँदै नेपाल पसेकाे सलह गाेरखामा पनि देखिएकाे छ । साेमबार विहानै गाेरखाकाे भिमसेन थापा गाउँपालिका वडा नं १ मा सलह देखिएकाे स्थानीयले बताएका छन् ।
सलह भित्रिएसँगै बालीनाली नष्ट हुने भन्दै किसनहरू चिन्तामा छन् । यसअघि अाइतबार बारपाकमा पनि सलह देेखिएकाे थियाे । अफ्रिकाबाट लामाे समुद्र पार गर्दै सलह दक्षिण एसिया अाइपुगेका हुन् ।

