भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ओलीलाई भाइसाब भन्दै बोलाए

होमल्याण्ड खबर

२०७५ बैशाख २८ गते, शुक्रबार ०७:१९ मा प्रकाशित

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरमा आउने पहिलो भारतिय प्रधानमन्त्री हुन पाएकोमा खुसी प्रकट गरेका छन्।
मोदीले जानकी मन्दिरमा पूजाअर्चना गरे लगतै जनकपुर अयोध्या बस सेवा सुरु गर्ने क्रममा भारतीय मोदीले सम्बोधन गरेका छन् । उनले नेपाली समकक्षी केपी शर्मा ओलीलाई ‘मेरे भाइसाब’ भन्दै आफ्नो स्वागतका लागि जनकपुर आएकोमा खुसी व्यक्त गरे ।
उनले जनकपुरमा आफूले पाएको सम्मान सिंगो भारतबासीका लागि भएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले पनि मोदीसँग सिंगो प्रतिनिधिमण्डललाई स्वागत गरे । अहिले पनि अयोध्याबाट रामको जन्ती आउने र जानकीलाई विदाइ गर्ने प्रचलन अझै रहेको भन्दै भने, आज त्यस परम्पराको सिलसिलालाई माथि उठाउन मोदीजी आउनु भएको छ । यसले हामी दुई देशका बीच परम्परागत मैत्री सम्वन्ध, सास्कृतिक सम्वन्धलाई प्रतिविम्वित गर्छ ।’