११ जेष्ठ २०८३, सोमबार
पेशागत सुरक्षाको ग्यारेण्टीको माग गर्दै नेपाल पत्रकार महासंघले शुक्रबार राजधानीमा विरोध प्रदर्शन गरेको छ। श्रमजीवी पत्रकार ऐन लागु गर्नुपर्ने, पेशागत सुरक्षाको ग्यारेण्टी गर्नुपर्ने माग गर्दे महासंघले प्रदर्शन गरेको हो।
मिडिया हाउसले लकडाउनको कारण देखाएर श्रमजीवी पत्रकारलाई कामबाट निकाल्ने, बेतलबी बिदामा राख्ने, तलब नदिनेजस्ता गतिविधि बढेको भन्दै पत्रकारहरु सडकमा उत्रिएका छन्।


विरोधमा उत्रिएका पत्रकारहरुले ‘अरुको आवाज हामीले सुन्यौँ, हाम्रो आवाज कसले सुन्ने रु’ ‘सञ्चारगृहले कमाएको अर्बौँ मुनाफा खोई रु पत्रकारको जिवन र पेशाको रक्षा गर । मेरो सम्पादकको मुट छ मर्म छैन ’ आदि लेखिएका प्ले कार्ड बोकेका थिए।