कक्षा ११ को बोर्ड परीक्षा नहुने, आन्तरिक मूल्यांकनका आधारमा प्रमाणपत्र

होमल्याण्ड खबर

२०७७ असार २१ गते, आईतवार १२:५० मा प्रकाशित

लकडाउनका कारण यस वर्ष कक्षा ११ को बोर्ड परीक्षा नहुने भएको छ ।

कक्षा ११का विद्यार्थीहरूकाे आन्तरिक मूल्यांकनका आधारमा प्रमाणपत्र दिइने भएको हाे। पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले विद्यालयले गरेको आन्तरिक परीक्षाका आधारमा विद्यार्थीलाई प्रमाणपत्र दिने निर्णय गरेकाे छ ।राष्ट्रिय परीक्षा बोर्डले आन्तरिक मूल्यांकन कसरी गर्ने भन्ने सम्बन्धमा कार्यविधि बनाउने जिम्मा पाएकाे छ । यसअघि कक्षा १० को एसईई पनि आन्तरिक मूल्यांकनकै आधारमै गर्ने निर्णय भइसकेको छ । कक्षा १२ को विषयमा भने अहिलेसम्म कुनै पनि निर्णय भएको छैन ।