२८ औं आईजीपीमा शैलेश थापा क्षेत्री

होमल्याण्ड खबर

२०७७ असार २३ गते, मंगलवार २०:५१ मा प्रकाशित

काठमाडौं । मुलुकको २८ औं प्रहरी महानिरीक्षक (आईजीपी) मा शैलेश थापा क्षेत्री नियुक्ति हुनुभएको छ । सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी)  क्षेत्रीलाई आईजीपी नियुक्त गरेको हो ।

मुलुकको २८ औं आईजीपीका लागि क्षेत्री र अर्का डिआईजी हरि पाल प्रतिस्पर्धामा हुनुहुन्थ्याे। प्रतिस्पर्धामा रहेका २ एआईजी मध्ये मन्त्रिपरिषदकाे  मंगलबारकाे बैठकले वरिष्ठता र योग्यताको आधारमा क्षेत्रीलाई  आईजीपी बनाएको हो ।

को हुन क्षेत्री ?  यसरी भए आईजीपी
२७ औं आईजीपी ठाकुरप्रसाद ज्ञवालीले भोलि बुधबार अवकाश लिँदै हुनुहुन्छ । ज्ञवाली सेवा निवृत भए लगत्तै क्षेत्रीले भोलि देखि नै प्रहरीको नेतृत्व समाल्नु हुनेछ । सरकारले वरियतामा एक नम्बरमा रहेका क्षेत्रीलाई नै आईजीपी बनाउने निर्णय गरेको हो। प्रहरी महानिरीक्षकको नियुक्तिका लागि प्रतिस्पर्धीबीच यसअघि अस्वस्थ प्रतिस्पर्धा हुने गरे  पनि क्षेत्री र पालले भने सरकारले विश्वास जसलाई आईजीपी बनाए पनि मिलेर काम गर्ने सहमति गर्नुभएको छ

क्षेत्री २०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गर्नु भएको हो । उहाँ प्रहरी निरीक्षकबाट विभिन्न आरोह अवरोह पार गर्दै एआईजीपीमा नम्बरमा आउनु भएको हो । क्षेत्री प्रहरी सेवामा व्यवसायिक थापा कार्यक्षमतामा अब्बल, बौद्धिक र इमानदार छवि बनाउनु भएको छ । क्षेत्री यही छविले गर्दा प्रहरी नेतृत्वमा पुगेका सबैले थापालाई विश्वास गर्दै आएका छन्  ।

क्षेत्रीले यसअअघि प्रहरीको केन्द्रीय प्रवक्ता, महानगरीय प्रहरी प्रमुखको जिम्मेवारी समालिसक्नु भएको छ । उहाँले पछिल्लो समय मानव स्रोत साधन तथा प्रशासन विभागको प्रमुख जिम्मेवारी समाल्दै आउनु भएको छ । क्षेत्रीले सशस्त्र द्वन्द्वका बेला जिल्ला प्रहरी सल्यानको प्रमुख हुनुहुन्थ्यो । त्यसपछि सिन्धुपाल्चोक, कास्की, धादिङ प्रमुख हुनुभयो । उहाँले यसअघि प्रधानमन्त्री केपीओलीको गृह जिल्ला झापामा एसपीको जिम्मेवारी समेत समालिसक्नु भएको छ ।