९ मंसिर २०८१, आईतवार
काठमाडौं । कोरोना भाइरसको असर रातो मच्छिन्द्रनाथको रथारोहणमा पनि परेको छ । भोलि बुधबार हुने भनिएको रातो मछिन्द्रनाथको रथारोहण कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि स्थगित भएको हो ।
लकडाउन खुकुलो भएपनि उपत्यकामा संक्रमितहरुको संख्या बढ्दै गएपछि गुठी संस्थान ललितपुरले सूचना जारी गर्दै रथारोहण स्थगित भएको जनाएको छ । आज जिल्ला प्रशासन कार्यालयमा भएको बैठकले रथारोहण र त्यो सम्बन्धी कायस्थगित गर्ने निर्णय भएकाले त्यही अनुसार गर्न संस्थानले आग्रह गरेको छ ।
वैैशाख कृष्ण पक्षको प्रतिपदाबाट सुरु हुने जात्रा लिच्छवीकालदेखि निरन्तर चल्दै आएको छ । रातो मच्छिन्द्रनाथ रथयात्रा नेपालकै सबैभन्दा लामो जात्रा मानिन्छ । यसअघि २०७२ सालमा भूकम्पका कारण तोकिएको मितिमा रथयात्रा भएको थिएन । वैशाख कृष्ण पक्षको प्रतिपदादेखि शुरु हुने जात्रामा वैशाख शुक्ल पक्षको प्रतिपदाको दिनदेखि रथयात्रा शुरु गर्ने चलन छ ।