११ जेष्ठ २०८३, सोमबार
काठमाडौं : सिन्धुपाल्चोकको बाह्रबिसे र भोटेकोशी गाउँपालिकामा बाढी पहिरोले ठूलो क्षति भएपछि उद्धार कार्य चुस्त बनाउन त्यसतर्फ उडेको हेलिकप्टर धुलिखेलबाटै फर्किएको छ।
सभामुख अग्निप्रसाद सापकोटा हेलिकप्टरमा उक्त क्षेत्र जाँदै थिए।


‘मौसम अनुकूल नहुँदा धुलिखेलको आकाशबाट फर्किनु पर्यो,’ सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले भने, ‘अहिले हामी त्रिभुवन विमानस्थलमा छौं। मौसम खुल्नसाथ जान्छौं।’
बाढी र पहिरो गएको ठाउँ सभामुख सापकोटाको निर्वाचन क्षेत्रसमेत हो।