थप १०८ जनामा कोरोना, संक्रमित संख्या १६,५३१ पुग्यो

होमल्याण्ड खबर

२०७७ असार २५ गते, बिहीबार १६:४४ मा प्रकाशित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा एक सय ८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप एक सय ८ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा हालसम्म १६ हजार पाँच सय ३१ जनामा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो । नेपालमा पछिल्लाे २४ घण्टामा एक सय २९ जनाले काेराेना जितेर घर फर्किएका छन् ।