११ जेष्ठ २०८३, सोमबार
काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसेमा हिजो राती गएको पहिरोमा परी घाइतेहरुको उद्धारका लागि गएको हेलिकोप्टर बाढी प्रभावित क्षेत्रमा अवतरण गरेको छ । बाग्मती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालका अनुसार केहीबेरअघि उद्धारका लागि गएको हेलिकप्टर जम्बु पुगेको हो ।
हेलिकप्टर घाइतेहरुको उद्धार गर्न सुरु गरेको उनले जानकारी दिएका छन् । बाह्रबिसेको जम्बुमा ठाडो खोलामा आएको बाढीका कारण डेढ दर्जनभन्दा बढी व्यक्ति बेपत्ता भएका छन् भने २ जनाको ज्यान गएको छ । अहिले उद्धार कार्य जारी छ ।

