संखुवासभाको सिलिचोङमा बिहानै पहिरोले ७ घर बगायो, ११ जना सम्पर्कविहीन

होमल्याण्ड खबर

२०७७ असार २८ गते, आईतवार ०९:४७ मा प्रकाशित

संखुवासभा । सिलिचोङ गाउँपालिकामा पहिरोले ७ घर बगाएको छ ।  गाउँपालिकाको वडा नम्बर १ स्थित सिसुवाखोलाको बेसिन्दा गाउँमा आइतबार बिहानै पहिरो गएको हो ।

पहिरोले बगाएर ११ जना सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।  घटनास्थलतर्फ उद्धार टोली गइसकेको प्रहरी नायव उपरीक्षक नवराज मल्लले बताउनुभयो । प्रहरी  नायव उपरीक्षक मल्लका अनुसार त्यस ठाउँमा अहिले पनि भारी वर्षा भइरहेको छ ।