नेकपा स्थायी कमिटी बैठक साउन ६ गतेसम्मलाई स्थगित

होमल्याण्ड खबर

२०७७ श्रावण ४ गते, आईतवार १२:२७ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ ।
आइतबार दिउँसो ३ बजे बस्ने तय भएको बैठक साउन ६ गते विहान ११ बजे बस्ने गरी स्थगित भएको हो । नेकपा पार्टी कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले विज्ञप्ति जारी गरी बैठक साउन ६ गते ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने जानकारी दिएका छन् । स्थायी कमिटी बैठक यसअघि ६ पटकसम्म स्थगित भइसकेको छ ।