सात जिल्ला कोरोनामुक्त

होमल्याण्ड खबर

२०७७ श्रावण ५ गते, सोमबार १७:१४ मा प्रकाशित

काठमाडौं । देशका ७ वटा जिल्ला कोरोना भाइरसमुक्त भएका छन् । भोजपुर, पाँचथर, धनकुटा, संखुवासभा, मनाङ र मुस्ताङ गरी ७ वटा जिल्ला कोरोना भाइरसमुक्त भएका हुन् ।

अस्पतालको आइसोलेसनमा रहेका कोरोना संक्रमित निको भएर घर फर्किएपछि यी सात जिल्ला कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।

आइतबार डा.गौतमले आठ जिल्ला कोरोनामुक्त भएको जानकारी दिनुभएको थियो । आइतबार कोरोनामुक्त भएका जिल्लामध्ये पछिल्लो २४  घण्टामा हुम्ला र जुम्लामा पून नयाँ संक्रमित थपिएको पाइएको छ । आज कोरोना संक्रमित सून्य भएका जिल्लामा संखुवासभामा थपिएको छ ।