होमल्याण्ड खबर
२०७७ श्रावण ५ गते, सोमबार १७:३६ मा प्रकाशित
चितवन- चितवन र नवलपरासीस्थित नारायणी नदीमा पानीको बहाव बढ्दै गएको छ। त्रिशुली, कालीगण्डकी लगायतको दुई ठूला नदी र खहरे खोलाको पानीको बहाव बढेसँगै नारायणी नदी खतराको नजिक पुगेको हो ।
देवघाटस्थित बाढी मापन केन्द्रमा नारायणीको जलसतह ८.०४ मिटर मापन गरिएको छ। उक्त स्थानमा जलसतह ८ मिटर पुगेपछि खतरको तह मानिन्छ।
पानीको सतह अझै बढ्दै गएकाले चितवन र नवलपरासीको नारायणी नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।
नारायणी नदी किनारमा रहेको हात्तीको मुर्ति पनि बगाएको स्थानीयबासीले बताएका छन्।