अब सरकारले करारका कर्मचारीको सम्झौता नवीकरण गर्ने

होमल्याण्ड खबर

२०७७ श्रावण ५ गते, सोमबार २०:५४ मा प्रकाशित

काठमाडाैं । सरकारले भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतका करारका कर्मचारीको काम गर्ने अवधि नवीकरण गर्ने निर्णय गरेको छ ।

आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका विभिन्न आयोजनाहरुमा काम गर्दै आएका र म्याद सकिएका कर्मचारीको म्याद थप गर्ने निर्णय भएको बताइएकाे छ ।

सरकारले यसअघि कोरोना संकटका कारण यो आर्थिक वर्षमा करारमा रहेका कर्मचारीको नवीकरण नगर्ने बताएपनि विभिन्न आयोजनाहरुको काम अधुरो रहनेभएपछि त्यस्ता करारका कर्मचारीको समयअवधि थप गर्ने निर्णय गरेको हो ।

अहिले करारका कर्मचारीकाे समयावधि नवीकरण नहुँदा उनीहरुले समस्या भएकाे गुनासाे गर्दै आएका छन् ।