पहिरोले पुरिएर काठमाडौंमा जुम्ल्याहा दिदीबहिनीको मृत्यु

होमल्याण्ड खबर

२०७७ श्रावण ६ गते, मंगलवार १६:२१ मा प्रकाशित

काठमाडौं। पहिरोले पुरिएर काठमाडौंमा दुई बालबालिकाको ज्यान गएको छ । पहिरोले परिएर काठमाडौं टोखा–१ को टासीडाँडामा दुई बालबालिकाको मृत्यु भएको हो ।

वर्ष ३/३ का सचिन राना र सन्ध्या रानाको पहिरोमा पुरिएर मृत्यु भएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ। मृ

रामकुमार रानामगरको जुम्ल्याह ३ वर्षकी छोरी सन्ध्या राना र शचिन रानाको पहिरोले पुरिएर मृत्यु भएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख डीएसपी रोशन खड्काले जानकारी दिए ।

आमाबुबा खाना खान थालेको बेला उनीहरुको खेल्ने क्रममा घरमाथिबाट खसेको पहिरोको ढिस्कोले पुरिएर मृत्यु भएको डीएसपी खड्काले बताए ।