१ सय जना थपिए, एकैदिन २०७ जनाले जिते कोरोना

होमल्याण्ड खबर

२०७७ श्रावण ७ गते, बुधबार १६:३८ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप १ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा १ सय जनामा कोराेना भाइरस देखिएको बताए ।

हाल क्वारेन्टिनमा २१ हजार ८ सय ४२ जना रहेका छन् भने पीसीआर विधिबाट मंगलबार ३ हजार ९ सय ६३ जनाको कोरोना परीक्षण भएको छ । आजसम्म ३ लाख २७ हजार ६ सय १४ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । मंगलबार विभिन्न अस्पतालबाट २ सय १६ जना निको भएर घर फर्किएका छन् । आजसम्म कोरोना मुक्त हुनेको संख्या १२ हजार ६ सय ८४ पुगेको छ । अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।