थप १४७ जनामा कोरोना संक्रमण पुष्टि

होमल्याण्ड खबर

२०७७ श्रावण ८ गते, बिहीबार १७:०५ मा प्रकाशित

काठमाडौं । नेपालमा १४७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १४७ जना नयाँ संक्रमित थपिएका हुन्।

संक्रमित हुनेमा धनकुटाका २, सुनसरीका २, मोरङका ८, झापाका १, सिरहाका २, सप्तरीका ७, पर्साका १७, भक्तपुरका २, काठमाडौंका ५ महोत्तरीका १, पर्वतका १, ललितपुरका २, कास्कीका २ छन् । त्यस्तै स्याङ्जाका १, पर्वतका २, रुपन्देहीका १३, प्युठानका २, नवलपरासीका १, सुर्खेतका ५, सल्यानका १, दैलेखका २४, डडेलधुराका २, डोटीका ७, कैलालीका २, बझाङका १ र कञ्चनपुरका ३० जना रहेका छन् ।

हाल संक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ५८ जना रहेको छ ।