एसिड प्रहारमा पर्ने युवतीको पक्षमा निःशुल्क बहस गर्ने घोषणा

होमल्याण्ड खबर

२०७७ श्रावण ९ गते, शुक्रबार १२:१३ मा प्रकाशित

काठमाडौं । अधिवक्ता राधिका खतिवडाले पूर्वडीआईजी रञ्जन कोइरालाको पुनरावलोकन र एसिड प्रहारमा पर्ने युवतीको पक्षमा निशुल्क बहस गर्ने घोषणा गरेकी छन् । आफ्नै श्रीमती गीता ढकालको बिभत्स हत्या गरी सब टुक्रा टुक्रा पारी मकवानपुरको जंगलमा लगेर फालेका पूर्वडीआईजी कोइरालाको सजाय छुट दिने सर्वोच्च अदालतको फैसला पुनरावलोकनको माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको निवेदनको पक्ष र विहिबार राति एसिड प्रहारबाट पिडित युवतीको पक्षमा निशुल्क बहस गर्ने घोषणा गरेकी हुन् ।

अधिवक्ता खतिवडाले निशुल्क बहसको घोषणा गर्दै यी दुई मुद्दाका लागि निशुल्क बहस गर्ने कम्तीमा एक सय जना अधिवक्ताको समूह बनाउने अभियान सुरु गरेकी छिन् ।आफ्नै श्रीमती गीता ढकालको बिभत्स हत्या गरी सब टुक्रा टुक्रा पारी मकवानपुरको जंगलमा लगेर फाल्ने रंजन कोइराला सर्वोच्चको फैसलापछि बिहीबार हात हल्लाउँदै बिजयी भावमा जेलमुक्त भई प्रेमिकासँग घर गएका छन् । जिल्ला अदालत र उच्च अदालतबाट सर्वस्वसहित जन्मकैदको संजाय सुुनाइएका कोइराला साँढे ८ बर्षदेखि थुनामा थिए ।

यसैगरी बिहीबार साँझ पौने आठ बजे नागरजुन नगरपालिका–४ सृजनशील टोलमा ओखलढुङ्गाकी पवित्रा कार्कीमाथि एसिड प्रहार भएको थियो।