११ जेष्ठ २०८३, सोमबार
काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप १३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या १८ हजार ३७४ जना पुगेको छ ।
नेपालमा अहिलेसम्म कोभिड–१९ पुष्टि भएका व्यक्तिको संख्या १८ हजार ३७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नियमित प्रेस बिफ्रिङमा जानकारी दिएका हुन् ।


पछिल्लो २४ घण्टामा ३ हजार ९८७ जनाको पीसीआर परीक्षण गरिएकोमा १३३ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
उनका अनुसार क्वारेन्टिनमा १९ हजार ४४४ जना छन् । ५ हजार ३८३ आइसोलेसनमा रहेको गौतमले जानकारी दिए ।
डिस्चार्ज हुनेको कुल संख्या १२ हजार ९७४ पुगेको छ, कोरोना संक्रमण निको हुने दर ७०.४६ प्रतिशत रहेको छ ।