१० मंसिर २०८१, सोमबार
काठमाडौँ। कोरोना भाइरसबाट हालसम्म १ करोड ६२ लाख ८ सय ९१ जना मानिस संक्रमित भएकाछन् । यस्तै मृत्यु हुनेको सङख्या ६ लाख ४८ हजार ४ सय ४५ नाघेको छ ।
विश्वभरका ९९ लाख १३ हजार २ सय ३२ जना संक्रमित उपचारपछि निको भएर घर डिस्चार्ज भएका छन् भने ५६ लाख ३९ हजार २ सय १४ जनाको उपचार भइरहेको छ ।
कोरोना संक्रमितको सङख्या सबैभन्दा बढि अमेरिकामा रहेको छ । त्यहाँ हालसम्म ४३ लाख १५हजार ७ सय ९ जना संक्रमित रहेका छन् भने १ लाख ४९ हजार ३ सय ९८ जनाको ज्यान गएको छ ।
संक्रमितको आधारमा ब्राजिल दोस्रो स्थानमा रहेको छ । त्यहाँ २३ लाख ९६ हजार४ सय ३४ जना संक्रमित रहेका छन् भने ८६ हजार ४ सय ९६ को मृत्यु भएको छ ।
भारत संक्रमणको आधारमा तेस्रो स्थानमा छ । त्यहाँ हालसम्म १३ लाख ८५ हजार ४ सय ९४ जना संक्रमित छन् भने ३२ हजार ९६ जनाले ज्यान गुमाइसकेका छन् ।
चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । चीन भने संक्रमितको आधारमा विश्वको २६ औ राष्ट्रमा छ । त्यहाँ हालसम्म ८३ हजार ८ सय ३० जना संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ ४६ जना नयाँ संक्रमित थपिएका छन् । चीनमा कोरोना संक्रमणका कारण हालसम्म ४ हजार ६ सय ३४ जनाको मृत्यु भएको छ ।