काठमाडाैं उपत्यकामा ८ जना कोरोना संक्रमित थपिए

होमल्याण्ड खबर

२०७७ श्रावण ११ गते, आईतवार १६:४१ मा प्रकाशित

काठमाडाैं । काठमाडौं उपत्यकामा ८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ८ जना कोरोना संक्रमित थपिएकाे बताए ।

संक्रमितहरु काठमाडाैंकाे ८ जना रहेकाे गाैतमले बताए । याेसँगै उपत्यकामा काेराेना संक्रमण पुष्टि भएकाे स‌ंख्या ४ सय १५ पुगेकाे छ जसमा काठमाडाैंकाे २ सय ८४, ललितपुरकाे ८२ र भक्तपुरकाे ४९ जना रहकाे छन् । काेराेनाकाे कारण हालसम्म काठमाडाैंमा ३ जना र ललितपुरका १ जनाकाे मृत्‍यु पुष्टि भएकाे छ ।