पहिरोले घर पुरिँदा ३ को मृत्यु

होमल्याण्ड खबर

२०७७ श्रावण १३ गते, मंगलवार ०८:५५ मा प्रकाशित

बागलुङ । गएराति अविरल वर्षासँगै गएको पहिरोले घर पुरिँदा तीन जनाको ज्यान गएको छ । जिल्लाको तमानखोला गाउँपालिका वडानम्बर २ का पान बहादुर बिकको घरमाथीबाट आएको पहिरोले घर पुरिँदा उहाँका १३ वर्षीय छोरा खिम बहादुर विक र १२ वर्षिया छोरी रिता विकको मृत्यु भएको हो । मृतककी आमा होम कुमारी विक घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

यस्तै जिल्लाको निसीखोला गाउँपालिका वडानम्बर १ मा पहिरोले घर भत्किदा ५ वर्षीय समिर परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभएको छ । त्यसैगरी निसीखोला गाउँपालिकामा अन्दाजी ६० बर्षिया एक महिलाको शव खोला किनारमा फेला परेको र पहिचान खुल्न नसकेको पनि प्रहरीले जनाएको छ ।